गान्तोक: सिक्किम पूर्वोत्तरको पहिलो राज्य बने, जहाँ पेट्रोलको मूल्य प्रति लिटर 100 रूपियाँ भन्दा अधिक पुगेको छ। सिक्किमको राजधानी गान्तोकमा पेट्रोलको मूल्य प्रति लिटर 100.50 रुपियाँ भएको छ भने डिजल 91.55 रुपियाँ प्रतिलिटर पुगेको छ। पेट्रोल 35 पैसा प्रति लिटर र डिजेलको मूल्य प्रति लिटर 18 पैसाको दरले वृद्धि भएको छ। स्मरण रहोस, सिक्किम वाहेक, राजस्थान, मध्य प्रदेश, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक, जम्मू कश्मीर, ओडिशा, तमिलनाडु, केरला, बिहार, पंजाब, लद्दाख आदि राज्यमा पेट्रोलको मूल्य प्रति लिटर 100 रुपयाँभन्दा अधिक पुगिसकेको छ। प्राप्त जानकारी अनुसार दुई महिनाको अवधिमा पेट्रोल 34 पटकमा 9.11 रुपयाँ प्रति लिटर मूल्यवृद्धि भएको छ भने 33 पटकमा डिजलको प्रति लिटर मूल्यवृद्धि 8.63 रुपयाँ अधिक भएको छ।
