फाँसीदेवा बजारको दुई वटा दोकानमा चोरी, व्यवसायीहरू चिन्तित

फाँसीदेवा (निसं): फाँसीदेवामा दुई वटा दोकानमा चोरीको घटना भएपछि इलाकामा मच्चियो सनसनी। प्राप्त जानकारी अनुसार आज बिहान दोकानका मालिकहरूले आ-आफ्नो दोकान खोल्न आउँदा दोकानको ताला भत्केको देखे। यसपछि दोकानभित्र गएर हेर्दा तिनीहरूले आफ्नो दोकानमा चोरी भएको थाहा पाए। दुवै दोकानबाट चोरले नकद रूपियाँ लगायत अन्य सर-समानहरू चोरी गरेर चम्पट कसेको बताइएको छ। चोरीको घटनाले यहाँका व्यवसायीहरू चिन्तित बन्न पुगेका छन्। अर्कोतिर, घटनाको जानकारी पाएर फाँसीदेवा पुलिस घटनास्थलमा पुगेर विभिन्न दोकानमा जडान गरेको सीसीटीभी फुटेज हरेर चोरी भएको घटनाको जाँचमा जुटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO