फाँसीदेवा, 4 जून:फाँसीदेवा अन्तर्गत जालास निजामतारा क्षेत्रमा रहेको टिस्ता हाईड्रल प्रोजेक्टको लकगेटमा एक जना अज्ञात व्यक्तिको शव फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।
प्राप्त जानकारी अनुसार, आज ड्युटीमा रहेका सुरक्षा गार्डले पानीमा शव देखेपछि तुरुन्तै फाँसीदेवा पुलिस थानामा खबर गरेका थिए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्यो अनि पोष्टमार्टमको लागि शव उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।
केही दिनअघि टिस्टा नदीमा भएको वाहन दुर्घटनामा केही व्यक्तिहरूको ज्यान गएको थियो र केही अझसम्म निखोज छन्। फेला परेको शव ती हराइरहेका व्यक्तिमध्ये कुनै एक जनाको हुनसक्ने पुलिसले अनुमान गरेको छ। फाँसीदेवा थाना पुलिसले सम्पूर्ण घटनाको गहन जाँच शुरु गरेको छ।