फाँसीदेवाका निष्कासित तृणमूल नेतासहित 2 जना भाजपामा सामेल

सिलगढी : फाँसीदेवा पञ्चायत समितिका पूर्व सभापति तथा तृणमूल नेता अनि दार्जिलिङ जिल्ला तृणमूल युवा संगठनका निष्कासित सह-सभापति प्रणवेश मण्डल आज भाजपामा सामेल भएका छन्। सिलगढीस्थित पार्टी कार्यालयमा आयोजित एउटा छोटो कार्यक्रमबीच भाजपाका राज्य उपाध्यक्ष राजु ब्यानर्जीले तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। यस अवसरमा राजु ब्यानर्जीले बताएअनुसार वर्तमान समय कोरोना महामारीले गर्दा सरकारी निर्देशअनुसार सामाजिक दूरत्व पालन गरिनुपर्ने भएकोले गर्दा नै आज भाजपामा आउन चाहनेहरूलाई एकैपल्टमा सामेल नगरिएको हो। तर परिस्थिति केही साम्य हुन साथ अन्य इच्छुक मानिसहरूलाई पनि पार्टीमा सामेल गरिने तिनले बताए। स्मरण रहोस्, जिल्ला तृणमूल युवा संगठनका सभापति प्रणवेश मण्डललाई दल विरोधी कार्य गरेको आरोपमा केही समय अघि पार्टीबाट निष्कासित गरिएको थियो।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş