फाँसीदेवा, 2 दिसम्बर (निसं): विधाननगर जाँच केन्द्रको पुलिसले भैसी तस्करी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, विधाननगर जाँच केन्द्रको पुलिसले फाँसीदेवा ब्लकको मुरलीगञ्ज चेकपोस्टमा छापामार अभियान चलाएर एउटा कन्टेनरबाट 40 वटा भैसी उद्धार गरेको छ। चालकले भैसीबारे कुनै वैध कागज देखाउन नसकेपछि तिनलाई पक्राउ गरिएको बताइएको छ। आरोपीको नाम मोहम्मद हैदर (36) हो। उनी उत्तराखण्डका निवासी हुन्। पुलिस सूत्र अनुसार, उद्धार गरिएको भैसी तस्करी गरेर बिहारबाट असम लैजाने प्रयास भइरहेको थियो। पक्रा परेका व्यक्तिलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।
North Bengal, Siliguri, Uncategorized
फाँसीदेवाको मुरलीगञ्जमा कन्टेनरबाट 40 वटा भैसी उद्धार, एक जना पक्राउ
02
Dec
Dec