सिलगढी : फाँसीदेवाको बन्दरगछ इलाकाबाट ह्यान्ड ग्रेनेड उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय एकजना युवकले फाँसीदेवाको बन्दरगछ इलाकाबाट ह्यान्ड ग्रेनेड देखेपछि घटनाबारे बीएसएफलाई खबर दिए। घटनाको खबर पाएर बीएसएफ-का अधिकारीहरू घटनास्थलमा पुगेर उक्त ग्रेनेड उद्धार गरे। सिमाना इलाकामा पेट्रोलिङ अवधि उक्त ग्रेनेड त्यहाँ झरेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। तथापि, यस सम्बन्धमा बीएसएफ-का अधिकारीहरूले केही जनाएका छैनन्। यसरी दिन प्रतिदिन फाँसीदेवा इलाकामा एकपछि अर्को गर्दै आग्नेयास्त्र उद्धार भएकोले कुनै ठुलो विपदमा पर्न सक्ने आशंका व्यक्त गर्दै स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका छन्।
