सिलगढी : फाँसीदेवाको घोषपुकुर 31डी राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। मृतक युवक सिद्धार्थ मालाकारको रूपमा चिन्हित गरिएको छ भने तिनी पेशाले सब्जी व्यवसायी थिए। उक्त युवकको गत 5 दिन अघि बिहे भएको थियो। प्राप्त जानकारी अनुसार आज उक्त युवक घरबाट बाइकमा सवार भएर घोषपुकुरतर्फ गइरहेको समय सडकमा बाइक अनियन्त्रित भएर डिभाइडरसित ठोक्किँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाबारे स्थानीय मानिसहरूले घोषपुकुर आउटपोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
