फाँसीदेवामा 17 वर्षीय युवतीद्वारा आत्महत्या, जाँचमा जुट्यो पुलिस

फाँसीदेवा (निसं): फाँसीदेवाको दूधखावा गछ इलाकामा एकजना छात्राले घाँटीमा डोरीले बाँधेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतकका नाम अलेमा खातून (17) हो। तिनले यसै वर्ष माध्यमिक परीक्षा दिएकी थिइन्। प्राप्त जानकारी अनुसार अलेमा मंगलवार ब्याङ्क गएकी थिइन्। यसपछि राति आफ्नो मामाको घरमा गएर तिनले घाँटीमा पासो लागाएर आत्महत्या गरे।


अर्कोतिर, घटनाको खबर पाउन साथ फाँसीदेवा पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। उक्त घटनाले इलाकामा शोकको माहौल छाएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *