फाँसीदेवामा झुन्डिएको अवस्थामा वृद्धाको शव उद्धार

फाँसीदेवा : फाँसीदेवा ब्लकको गुआबारीमा झुन्डिएको अवस्थामा 56 वर्षीय वृद्धाको शव उद्धार भएको छ। मृतक वृद्धा चपला पोद्दारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार परिवारका सदस्यहरूले आज बिहान घरभित्र झुन्डिएको अवस्थामा वृद्धालाई देखेपछि तत्कालै उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *