फाँसीदेवामा कुवा सफाई गरिरहेको समय विषालु ग्यासले 2 जनाको मृत्यु, एकजना गम्भीर बिमार

फाँसीदेवा (निसं): कुवाको सफाई गरिरहेको समय विषालु ग्यासले दुई जना व्याक्तिको मृत्यु भएको छ भने एकजना गम्भीर बिमार भएपछि हाल उपचाराधिन अवस्थामा रहेको छ। यो घटना आज फाँसीदेवा ब्लकको घोषपुकुर इलाका अन्तर्गत कमला चिया बगानको बोमरा लाइन इलाकामा घटेको हो।


प्राप्त जानकारी अनुसार, शुक्रवार एउटा मल-मुत्र परित्यक्त कुवाको सफाई गर्नका लागि तीन जना व्याक्ति कुवाभित्र पसेका थिए। यसपछि केही समय बितिसक्दा पनि स्थानीय मानिसहरूले तिनीहरूको कुनै प्रतिक्रिया देखेनन्। यस घटनाबारे तत्कालै घोषपुकुर आउट पोस्ट पुलिसलाई खबर गऱ्यो। खबर पाएर मतिगढा अनि सिलगढी दमकल विभागको वाहनसहित कर्मचारीहरू घटना स्थलमा आइपुगेका थिए। यसपछि तिनीहरूले पंखा अनि पाइपको सहायतमा अक्सीजन दिएपछि तीनजना मध्ये एक जनाको होश आयो। तिनीहरूलाई यसपछि तुरन्तै घटना स्थलबाट उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले दुवै जनालाई मृत घोषित गरिदिए। मृतकहरूको नाम आशिक टोप्पो र विजय कुजूर बताइएको छ। यसैगरी, गम्भीर अवस्थामा रहेका एकजनालाई उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा लगेपछि भर्ना गरिएको छ। पुलिसले शवहरूलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş