राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फाटापुकुर मोड़मा सड़क दुर्घटनामा दुईजना व्यक्ति घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो लगभग 12 बजी एकजना व्यक्ति सड़क पार गरिरहेको समय जलपाईगढीतर्फबाट आइरहेको एउटा बाइकले धक्का दिँदा बाइक चालक लगायत उक्त व्यक्ति घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा दुवैलाई उद्धार गरेर अस्पताल लगिएको छ। घटनाको जानकारी पाएर फाटापुकुर ट्राफिक पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।