पिञ्जरामा फँस्यो वयस्क चितुवा

अलीपुरद्वार, 26 दिसम्बर (निसं): वन विभागले राखेको पिञ्जरामा एउटा वयस्क चितुवा फँसेको छ। आज बिहान स्थानीय मानिसहरूले अलीपुरद्वार जिल्लाको मथुरा चिया कमानको आउट डिभिजन 16 नम्बर सेक्शनमा राखेको पिञ्जरामा वयस्क चितुवा फँसेको देखे। त्यसपछि घटनाको जानकारी वन विभागलाई दिइयो। खबर पाएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवालाई उद्धार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *