पिस्तोल सहित एकजना युवक सिलगढीबाट पक्राउ

सिलगढी अक्टोबर (निसं): एनजेपी थाना पुलिसले पिस्तोल सहित एक जना बदमाशलाई पक्राउ गरेपछि आज तिनलाई अदालतमा पेश गऱ्यो। पक्रा पर्नेको नाम मेहबूब खान बताइएको छ। प्राप्त जानकारी अनुसार सोमवार राति सिलगढीको जोटियाकाली इलाकामा एकजना युवक पिस्तोल साथमा लिएर घुमिरहेको बारे पुलिसले गोप्य सूचनामार्फत थाहा पायो। यसपछि एनजेपी थाना पुलिसले अभियान चलाएर एउटा देशी पिस्तोल अनि एक राउन्ड कारतूस सहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्र अनुसार पक्रा परेका आरोपी माथि केही असामाजिक कार्य गरेको आरोप रहेको छ। तिनी देशी पिस्तोल बिक्री गर्ने उद्देश्य लिएर घुमिरहेका थिए। आज आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो। अर्कोतिर, पुलिसले मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *