प्लास्टिकमुक्त सहर बनाउने एनबीयु खेल बोर्डको पहल

इस्लामपुर : उत्तर बङ्गाल विश्वविद्यालय खेल बोर्डले उत्तर बङ्गाललाई प्लास्टिक मुक्त शहर बनाउने पहल शुरू गरेको छ। उक्त बोर्डका विद्यार्थीहरूले गत 4 मार्चको दिन नर्थ बेङ्गल युनिभर्सिटी क्याम्पसबाट साइकल सफारी कार्यक्रम शुरू गरेर इस्लामपुर कलेज पुगेपछि तिनीहरूले प्लास्टिकले पुर्‍याउने हानि तथा यसको प्रभावबारे जागरूकता फैलाए। विश्वविद्यालयका विद्यार्थीहरूले कालीपाड़ा घोष कलेजका विद्यार्थीहरूलाई पनि प्लास्टिक मुक्त सहरबारे जागरूक गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *