पोख्रेबुङमा ऱ्यापिड एन्टिजेन टेस्ट

सुकेपोखरी:   कोभिड -19 ले संक्रमितहरूको संख्या शहर-बजार क्षेत्रमा हाल कमी आएको देखिए तापनि कतिपय ग्रामीण क्षेत्रहरूमा भने यसको प्रभाव भने यथावत् देखिन्छ । यस विषयलाई केन्द्र गरेर पोख्रेबोड ग्राम पञ्चायत तीनमा सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्रको सौजन्यमा ऱ्यापिड एन्टिजेन टेस्ट (आरएटी) शिविर सम्पन्न गरियो। क्षेत्रका नागरिकहरूलाई लिएर आयोजना गरिएको कार्यक्रममा धेरै मानिसहरूले टेस्ट गराए। टेस्ट गराएका सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ। पञ्चायत कार्यालयका ईए महेन्द्र सिञ्चुरीले यसबारे जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *