पोख्रेबुङ ग्राम पञ्चायत तीनको विभिन्न ठाउँमा सेनिटाइज

सुकेपोखरी : सुके खण्ड अन्तर्गत पर्ने पोख्रेबुङ ग्राम पञ्चायत तीनको एसएचजी ग्रुप भिक्टोर ब्रोन डिजेस टोलीद्वारा आज नागरी फार्मस्थित पञ्चायत कार्यालय, विद्यालय, बस बिसौनी आदि ठाउँहरूमा सेनिटाइज गरियो।


हाल कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर उक्त टोलीद्वारा यहाँको विभिन्न ठाउँमा सेनिटाइज गरिएको बताइएको छ। यसको साथै उक्त टोलीले  आफ्नो गाउँ-ठाउँ तथा सार्वजनिक स्थानमा सेनिटाइज गर्ने सबैलाई आह्वान गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *