पोख्रेबुङ नागरी फार्मको विभिन्न ठाउँमा गणतन्त्र दिवस पालन

सुकेपोखरी : अनुज्ञालय संयुक्त क्लब पोख्रेबुङ नागरीको पहलमा नागरी फार्म सार्वजनिक भवनमा 72औँ गणतन्त्र दिवस पालन गरियो। देशभक्ति गीत, नृत्य तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको यस कार्यक्रमको शुरूमा कार्यक्रम अध्यक्ष र अतिथिबाट राष्ट्रिय झण्डा उत्तोलन गरियो। भूतपूर्व सैनिक, अर्ध सैनिक कल्याण समिति नागरी फार्म अध्यक्ष अन्नेरी क्याप्टन पुकार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको रूपमा फादर सामुएल उपस्थित थिए। अनुज्ञालय दार्जिलिङका प्रोजेक्ट डाइरेक्टर सुदीप बम्जन तथा बाल सुरक्षा अधिकारी तेजकुमार थापाको विशिष्ठ आतिथ्यमा सम्पन्न कार्यक्रमका अन्य अतिथिहरूमा गोर्खा भूतपूर्व सैनिक सङ्गठन, भूतपूर्व सैनिक अर्ध सैनिक कल्याण समिति, विभिन्न विद्यालयका शिक्षणकर्मी, स्वनिर्भर समूहका प्रतिनिधि तथा अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा संयुक्त चिल्ड्रेन क्लबका प्रतिनिधिहरूले बाल श्रम, बाल सुरक्षा, बाल अधिकार, मानव तस्करी लगायतका विषयमा प्रकाश पारे।


 

यसैगरी, पेख्रेबुङ ग्राम पञ्चायत एक अन्तर्गत श्री कृष्ण प्रणामी मन्दिरमा पनि 72औँ गणतन्त्र दिवस पालन गरियो राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै राष्ट्रिय गीत समावेश गरिएको उक्त कार्यक्रममा नानीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता, मेमोरी रेस इभेन्ट आदिको आयोजना गरियो। मन्दिर सञ्चालन समिति उपाध्यक्ष केशर दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमबिच  दीपेन खड़काकृत कृति श्री खिलवत’-को विधिवत् विमोचन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom