सुकेपोखरी: सुकेपोखरी खण्ड अन्तर्गत पोख्रेबोङ साङगेटार स्थित उप-स्वास्थ्य केन्द्र हाल जीर्ण अवस्थामा पुगेको छ। उक्त उप-स्वास्थ्य केन्द्र 1982 सालमा निर्माण भएपछि सञ्चालनमा आएको भए तापनि उक्त स्वास्थ्य केन्द्रको सुविधाबाट केही वर्ष अघिदेखि नै वञ्चित रहनु परेको स्थानीय सुरेश पाख्रीनले बताएका छन्। सामान्य बिरामी तथा ज्वरो सर्दी लाग्दा समेत आफ्नो क्षेत्रको उप-स्वास्थ्य केन्द्र छोड़ेर सुकेपोखरी तथा दार्जीलिङ पुग्न बाध्य हुनपरेको साथै कमान बस्तीका जनसाधारणले धेरै असुविधा झेल्न परिरहेको यहाँका अरुण छेत्रीले बताएका छन्। सरकारद्वारा स्वास्थ्य केन्द्र परिसरमा स्वास्थ्यकर्मीको निम्ति क्वार्टरहरु बनाइदिए तापनि ती क्वार्टरहरु सञ्चालनमा नरहेको बताइएको छ। सम्बन्धित विभागबाट यहाँको जनसाधारणको सुविधाको निम्ति चाँडै़ उक्त समस्याको समाधान गरिदिए भविष्यमा स्थानीय वासिन्दाले धेरै सुविधा उपभोग गर्न सक्ने तिनीहरूको भनाई रहेको छ।