मिरिक: कोरोना संक्रमणकालमा मानिसहरूलाई काभिडको नियम पालन गर्ने आग्रह गर्दै आज मिरिक पुलिसले मिरिकमा सचेतना ऱ्यालीको आयोजना गर्यो। मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा निकालिएको उक्त सचेतना ऱ्यालीमा मिरिक पुलिस वाहिनी लगायत मिरिक खण्ड विकास अधिकारी पनि उपस्थित थिए।
यस अवसरमा मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले मानिसहरूलाई कोराना भाइरसदेखि सुरक्षित बस्न सरकारले जारी गरेको कोभिड सम्बन्धी नियमलाई पालन गर्ने आग्रह गर्दै माक्स नलगाइ घुम्ने मानिसहरूलाई कार्वाही गरिने बताए। मिरिक थाना प्रभारीले सबैलाई सुरक्षित बस्ने अनुरोध गर्दै सार्वजनिक स्थलमा अनावश्यक भीड नगर्ने साथै माक्स, सेनीटाइजरको प्रयोग गरेर समाजिक दुरी बनाइ राख्ने अपिल गरेका छन्। तिनले बजारमा मिरिक पुलिसले अट्टेरी गर्नेहरूलाई निगरानी गर्ने कार्य पनि गरिरहेको बताए।