राजगञ्ज, 5 दिसम्बर: सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गमा फेरि सडक दुर्घटनाको खबर आएको छ। आज राजगञ्जको सरियामस्थित स्कूलबाट एकजना महिला आफ्ना छोरा किशनलाई साइकलमा राखेर घर फर्कदै थिइन्। त्यसै समयमा राष्ट्रिय राजमार्गमा वाहनले टक्कर दिँदा दुवै गम्भीर घाइते भए। स्थानीयहरुले आरोप लगाउँदै बताए अनुसार पुलिसको गाडीले उनीहरुलाई ठक्कर दिएको हो। घटनापछि स्थानीय मानिसहरूले आक्रोश व्यक्त गर्दै सडक जाम गरे। घाइते महिला ज्योति ब्यानर्जी र उनका छोरा किशन ब्यानर्जीलाई अस्पताल लगियो। प्राप्त जानकारी अनुसार सिलगढीबाट आउने पुलिसले चलाइरहेको गाडीसँग साइकलको ठक्कर भएको हो। अर्कोतर्फ, राजगञ्ज थानाका आईसी र ट्राफिक पुलिसले घटनास्थलमा पुगेर स्थानीय मानिसहरूसँग कुराकानी गरेपछि स्थिति सामान्य बन्यो।