पुलिसले हराएको मोबाइल उद्धार गरेर सुम्पिदिए मालिकलाई

सिलगढी (निसं): भक्ति नगर थाना पुलिसले हराएको मोबाइल उद्धार गरेर आज यसको मालिकलाई सुम्पिदिएको छ। मोबाइल फिर्ता पाएपछि मालिकले पुलिसलाई धन्यवाद दिए। स्मरण रहोस्, गत मंगलबार गान्तोक निवासी म्याक्स छेत्री परिवारको साथमा सिलगढी घुम्न आएका थिए। यस अवधि तिनले मोबाइल टोटोमै छोडेपछि घटनाबारे भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सीसीटीभी फुटेजको सहयोगमा टोटो चालकलाई चिन्हित गरेर चालकबाट मोबाइल उद्धार गरेको बताइएको छ। पुलिसले कानुनी प्रक्रियापछि आज म्याक्स छेत्रीलाई हराएको मोबाइल फिर्ता दिए। हराएको मोबाइल फिर्ता पाएपछि म्याक्स खुसी हुँदै पुलिसलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş