पुलिस अफिसर अनि पुलिसकर्मीहरूलाई पुलिस कमिश्नरेटको तर्फबाट जनाइयो सम्मान

सिलगढी, 26 सितम्बर (निसं): सिलगढीको मतिगढामा एकजना नाबालिका स्कूल छात्रालाई दुष्कर्म गरेर तिनको हत्या गरिदिएको थियो। उक्त घटना गत सालको हो। केही दिन अघि सिलगढी अदालतले उक्त घटनाका आरोपी युवक मोहम्मद अब्बासलाई फाँसीको सजाय दिने आदेश दिएको छ। यसैले, उक्त घटनाको जाँचमा जुटेको मतिगढा थाना पुलिस लगायत कमिश्नरेटका अन्य केही पुलिस अधिकारीहरूले सबै तथ्यको चार्जशिट तयार गरेर चाँडै अदालत समक्ष पेश गरेका थिए। ती सबै 22 जना पुलिस अफिसर अनि पुलिसकर्मीहरूलाई आज सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट सम्मान जनाइयो। आज कमिश्नरेटमा कमिश्नर सी सुधाकरले तिनीहरू सबैलाई बोलाएर सम्मानित गरे। यस अवधि तत्कालीन कमिश्नरेटको एसीपी राजेन छेत्री, मतिगढा थानाका आईसी समीर देवसा, मामिलाको इन्भेस्टिगेशन अफिसर परेश बर्मन लगायत थानाका अन्य पुलिसकर्मी, स्पेशल अपरेशन ग्रुपका पुलिसकर्मी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom