प्रधाननगर थानाको नयाँ भवनको मुख्यमन्त्रीले 1 सेप्टेम्बरमा विधिवत उद्घाटन गर्ने

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको प्रधाननगर थानाको नयाँ भवन तयार भइसकेको छ। प्राप्त जानकारीअनुसार  आउँदो सेप्टेम्बर महिनादेखि उक्त नयाँ भवनमा प्रधाननगर थानालाई सारिने भएको छ। हाल प्रधाननगर थाना एउटा प्राइभेट जमीनमा रहेको थाहा लागेको छ। सिलगढीको रेगुलेटेड मार्केटको सरकारी जमीनमा प्रधाननगर थानाको नयाँ भवनको निर्माण पुरा भइसकेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार अब आउँदो 1 सेप्टेम्बरमा प्रधाननगर थानाको उक्त नयाँ भवनको राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले नवान्नबाट उद्घाटन गर्ने भएकी छन्। उक्त नवनिर्मित पुलिस थानाको सिलगढी मेट्रोपलिटन पुलिस कमिश्नर त्रिपुरारी अथर्व, डीसीपी डा. कुँवर भूषण सिंह र पुलिसका उच्च पदाधिकारीहरूले आज निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet