नयाँ दिल्ली: दिपावली पछि हाल दिल्लीमा प्रदूर्षण धेरै मात्रामा बढेर गएको छ। यसैले सर्वोच्च न्यायालयको निर्देश अनुसार दिल्ली सरकारले आगामी 7 दिनसम्मको लागि स्कुल, कलेज, सरकारी कार्यालयहरू लगायत सम्पूर्ण शैक्षिक संस्थानहरू बन्द गर्ने घोषणा गरेको छ। स्मरण गराइन्छ, तिहारको समयमा अत्याधिक पटेका पड्काएको कारण नयाँ दिल्लीमा प्रदुषणको स्तर धेरै बढेर गएको बताइएको छ। यस कारणले गर्दा दिल्ली सरकारले सावधानी अप्नाउँदै आउँदो 7 दिन सम्मको लागि सबै स्कुल, कलेज तथा सरकारी कार्यालयहरू बन्द गर्ने निर्णय लिएको छ।
