प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिद्वारा निर्माण स्थलहरूको भ्रमण

खरसाङ (निसं): प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिद्वारा आज खरसाङ बजारको विभिन्न ठाउँमा भइरहेको निर्माण कार्यको निरीक्षण गर्यो। यस अवधि विभिन्न कामदारहरू साथै घर मालिकहरूसित कामको गुणस्तर र हाजिरा विषयमा कुराकानी गरियो। संगठनद्वारा गरिएको उक्त कार्यको घर मालिक पक्षले पनि प्रशंसा गरेको बताइएको छ। यसको साथै गुनासोहरू पनि रहेको थियो। यस क्रममा स्थानीय श्रमिकहरूले पनि कामको गुणस्तर बढाएर लैजाने हाम्रो मानिसहरूले जान्ने कामहरू हामीले यहाँका श्रमिकहरूलाई पहिलो मौका दिने गरेको बताए। यसैगरी, संगठनले आगामी दिनहरूमा पनि यस्ता धेरै कार्यक्रमहरू गर्नेछ। जीटीएको पञ्चायत साथै नगरपालिका क्षेत्रहरूमा भइरहेको विकासको कार्यहरूमा स्थानीय श्रमिकहरूलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भनी संगठनले माग गरेको छ।


संगठनको पक्षमा सभापति एल्जिन ब्राह्मणले भनेहामीमा पनि राज मिस्त्री, काठ मिस्त्री, पानी, रंग, बत्ती साथै विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरू छन्।  तिनीहरूको पनि घर संसार चल्नुपर्छ। यस्ता कुरामा स्थानीय नेता ठेकेदारहरूले श्रमिकहरूलाई सहयोग गरिदिने अनुरोध गर्दैछौँ। पहाडी क्षेत्रमा 40% मानिसहरू रोजगार पहिलो माध्यम भनेको श्रमिक हो। यस पेशामा पनि धेरैजसो कामहरू प्रवासी श्रमिकहरूलाई नै दिने गरेका छन्। वर्षौँदेखि यहीँ काम गरेर खानेले अब के गर्ने त भनेर गुनासो लछेप्रै छ। यसले अहिलेघरि संगठनले केही हदसम्म हामीलाई न्याय दिलाउनु सकिन्छ भनेर हामीसित धेरै यस्ता श्रमिकहरू जोडिरहेका छन्। आजको कार्यक्रममा संगठन अध्यक्ष एलंजिन ब्राह्मण, उप सभापति अशोक प्रधान, सह सचिव रञ्जन तामाङ र निमा तामाङकोषाध्यक्ष प्रभाकर सार्की, सदस्य सबित सुनवार श्याम शंकर, भीम प्रधान, प्रवेश तामाङ, लक्ष्मण सुब्बा, प्रमोद थापा, राजु छेत्री, भुषन गुरुङ आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom