बाग्राकोट : बाग्राकोट चियाकमान निवासी प्रशान्त लाकराको उपचारको सहयोगको निम्ति सबैसँग अपील गरिएको छ। 27 वर्षीय प्रशान्त लाकरा गत 20 फरवरीको राति दुर्घटनामा परेर सिकिस्त रूपमा घाइते भएका थिए। यसपछि तिनलाई तत्कालै सरकारी अस्पतालमा पुर्याइएपछि त्यहाँ तिनको उपचार सम्भव नरहेको बताएपछि सिलगढीस्थित एउटा निजी अस्पतालमा प्रशान्तलाई भर्ना गरिएपछि हालसम्म तिनी उपचाराधीन अवस्थामा छन्। तर प्रशान्त लाकराको परिवार सामान्य श्रमिक परिवार रहेकोले गर्दा अस्पतालमा भएको उपचारमा हालसम्म लाखौँ रुपियाँ खर्च भइसकेकोले गर्दा हाल परिवारका सदस्यहरू आर्थिक चपेटमा परेका छन्। यसको साथै परिवारमा कोही पनि भरपर्दो नभएकोले गर्दा नै तिनको उपचारको लागि सबैसँग आर्थिक सहयोगको लागि अपील गरिएको छ। प्राप्त जानकारीअनुसार प्रशान्त लाकरालाई आईसीयु-मा राखिएको छ भने तिनको अहिलेसम्म पनि होश नआएको बताइएको छ। गत 8 दिनदेखिको अस्पतालको बील 2 लाख रुपियाँ पुगेपछि गरिब प्रशान्तको परिवारले रोगीलाई अस्पतालमा राख्न पनि नसक्ने साथै त्यहाँबाट अन्यत्र कतै निकालेर लैजान पनि नसक्ने अवस्थामा पुगिसकेको छ। यसैले आफ्नो छोराको स्थितिलाई देखेर विलौना गर्दै तिनकी आमाले यस दुखद घडीमा आर्थिक सहयोग गरिदिएर प्रशान्तलाई जीवन दान प्रदान गरिदिने सबैसँग अपील गरेकी छन्। तिनले बताएअनुसार कुनै पनि इच्छुक महानुभवहरूले Name – Arpan Lakra Oraon, A\C no.- 020801557421, IFSC Code –ICIC0000208-मार्फत् आर्थिक सहयोग गर्नसक्ने छन्।