प्रतिबन्धिक कफ सिरप सहित 2 जना पक्राउ

सिलगढी : प्रतिबन्धिक कफ सिरप सहित 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू नक्सलबारी निवासी सञ्जय सिंह र पद्म सिंह सामेल छन्। गोप्य सूचनाको आधारमा भक्तिनगर थाना अन्तर्गत आसिघर आउटपोस्ट पुलिसले बैकुण्ठपुर जङ्गल संलग्न थारूघाटी साहु नदीको ब्रिज नजिक अभियान चलाएर प्रतिबन्धित कफ सिरप सहित 2 जनालाई पक्राउ गरेको बताइएको छ। यसको साथै एउटा बाइक पनि जफत गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका 2 जना युवक बाइकमा सवार भएर कफ सिरप बिक्री गर्ने उद्देश्यले गइरहेको समय गोप्य सूचनाको आधारमा अभियान चलाएर ती दुईजनालाई रोकेर छानबीन गर्दा 50 बोतल कफ सिरप उद्धार गरेको हो। जफत गरेको कफ सिरपको अनुमानितबजार मूल्य 11 हजार रुपियाँ रहेको छ। पक्रा परेका 2 जनालाई भोलि मंगलबार जलपाईगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO