प्रतिबन्धित कफ सिरप, नशालु ट्याबलेट सहित 1 जना पक्राउ

खोरीबारी:  अधिक मात्रामा प्रतिबन्धित कफ सिरप, नशालु ट्याबलेट सहित 1 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम जयन्त बर्मन बताइएको छ। तिनी खोरीबारीको पानीट्याङ्की गौरसिंहजोत इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार खोरीबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा खोरीबारीको बङ्गाल-बिहार सिमानाको चक्करमारी इलाकामा अभियान चलाएर एउटा बाइकलाई रोकेर छानबीन गर्दा लाखौँ रुपियाँको प्रतिबन्धित कफ सिरप तथा नशालु ट्याब सहित लगभग 3 लाख रुपियाँ 43 हजार रुपियाँ उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवकलाई यसभन्दा अघि पनि मादक पदार्थ तस्करी गरेको आरोपमा सिलगढीबाट पक्राउ गरिसकेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *