सिलगढी : प्रतिबन्धित कप सिरप सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा सन्तोषी नगर निवासी दीपक पोद्दार र 4 नम्बर वार्डको महाराजा कोलनी निवासी अनुप साहनी सामेल छन्। प्राप्त जानकारी अनुसार सिलगढी थाना अन्तर्गत इलाकामा आज बिहान दुईजना युवक प्रतिबन्धित कफ सिरप बिक्री गर्नको लागि घुमिरहेको खबर पाएपछि पुलिसले अभियान चलाएर हिन्दी हाई स्कुलको पछिल्तिर रहेको एउटा क्लब अघि बाइकमा सवार भएर घुमिरहेको संदिग्ध दुईजना युवकलाई रोकेर छानबीन गर्दा दुईवटा ब्यागबाट 25-25 बोतल गरेर मोठ 50 बोतल प्रतिबन्धित कफ सिरप उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा पर्ने दुईजना युवक आज बिहान बाइकमा सवार भएर पीएनटी मोड़ इलाकामा प्रतिबन्धित कफ सिरप बिक्री गर्ने उद्देश्यले घुमिरहेको खबर पाएपछि उक्त इलाकामा अभियान लगाएर प्रतिबन्धित कफ सिरपसहित 2 जना युवकलाई पक्राउ गरेको हो।
