प्रतिबन्धित कफ सिरप सहित एकजना पक्राउ

सिलगढी: सिलगढीको प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा 38 बोतल प्रतिबन्धित कफ सिरप सहित एसएनटी बस स्टयान्ड इलाकाबाट एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति प्रधान नगर थानाको कुलीपाड़ा राजेन्द्र नगर निवासी 32 वर्षीय संजीत कामतीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार तिनी कफ सिरप बिक्री गर्न आएका समय आरोपीलाई पक्राउ गरिएको हो। एनडीपीएस एक्ट अनुसार मामिला दर्ता गरेर आज तिनलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *