प्रेम प्रसङ्गको आडमा नाबालिकासित शारीरिक सम्बन्ध बनाएको आरोपमा युवक पक्राउ

सिलगढी, 7 सितम्बर (निसं): प्रेम प्रसङ्गको आडमा नाबालिकासित शारीरिक सम्बन्ध बनाएर धोखा दिएको आरोपमा सिलगढीको मतिगढा पुलिसले एकजना 19 वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम गौरव राय हो। तिनी मतिगढा थाना अन्तर्गत इलाका निवासी हुन्।
पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 22 अगस्तमा एकजना नाबालिकाले गौरव राय नाम गरेका युवक विरूद्ध थानामा अभियोग दर्ता गरेका थिए। नाबालिकाको अभियोग अनुसार गौरव रायसित तिनको भेट भएको थियो। उक्त भेट पछि दुई जना माझ प्रेम सम्बन्ध भयो। यसपछि गौरवले नाबालिकालाई विवाहको प्रलोभन देखाएर गत मई महिनामा घरबाट भगाएर बाहिर लगे। लगभग दुई महिनासम्म दुवै एकसाथ थिए। यस अवधि गौरवले विवाहको प्रलोभन देखाएर नाबालिकासित लगातार शारीरिक सम्बन्ध बनाए।
पुलिस सूत्र अनुसार यस अवधि नाबालिका गर्भवती भइन्। यसपछि गौरवले नाबालिकालाई एक्लै छोडेर गए। यसपछि नै नाबालिकाले थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेको सिलगढी मतिगढा थाना पुलिसले शुक्रवार आरोपी युवकलाई तिनकै घरबाट पक्राउ गरे। आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom