प्रेमिकाको अश्लील अनि अन्तरंग फोटोहरू सोशल मीडियामा पोस्ट गरेको आरोपमा प्रेमी पक्राउ

फाँसीदेवा (निसं): आफ्नो प्रेमिकाको अश्लील अनि अन्तरंग फोटोहरू सोशल मीडियामा पोस्ट गरेको आरोपमा प्रेमीलाई पक्राउ गरेको छ।  यी फोटोहरू सोशल मीडियामा पोस्ट हुनसाथ फाँसीदेवामा सनसनी फैलियो। प्राप्त जानकारी अनुसार फाँसीदेवाको ज्योतिनगर निवासी नीलेश सरकारको एक वर्ष अघिदेखि एकजना युवतीसित प्रेम सम्बन्ध थियो। दुवै बीच गहिरो सम्बन्ध रहेको थियो। यसपछि प्रेमीले आफ्नो प्रेमिकाको अश्लील तथा अन्तरंग फोटोहरू सोशल मीडियामा पोस्ट गरेको आरोप रहेको छ।


युवतीले गत केही दिन अघिदिन सोशल मीडियामा आफ्नो भाइरल भएको फोटोहरू देखे। यसपछि युवतीले सम्पूर्ण घटनाबारे परिवारका सदस्यहरूलाई बताए। घटनाबारे युवतीको परिवार पक्षले बिहिबार फाँसीदेवा थानामा लिखित अभियोग दर्ता गऱ्यो। अभियोगको आधारमा जाँचमा जुटेको फाँसीदेवा थाना पुलिसले आरोपीलाई पक्राउ गरेको छ।  आरोपीलाई आज सिलगढी अदालतमा पेश गऱ्यो।

अर्कोतिर, आरोपी प्रेमीले युवतीसित आफ्नो प्रेम सम्बन्ध थियो तर सोशल मीडियामा अश्लील फोटोहरू आफुले अपलोड नगरेको दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *