प्रेम प्रधानकृत पुस्तक उमेरको घाउ-को विधिवत् विमोचन

सिलगढ़ी: नेपाली भाषा प्रचार प्रचार समिति सिलगढीको तत्वावधानमा प्रेम प्रधानकृत पुस्तक “उमेरको घाउ”-को विधिवत विमोचन गरियो। सिलगढीको, दुर्गागढी अवस्थित दुर्गा जनकल्याण सङ्गठनको दुर्गा मल्ल भवनमा आयोजित कार्यक्रममा हरिश मोक्तान अल्लारेद्वारा प्रकाशित उक्त कथा सङ्ग्रह पुस्तक विमोचन समारोह साहित्यकार तथा पत्रकार युवराज काफ्लेको अध्यक्षतामा गरिएको थियो। जय “क्याक्टस” अनि प्रा. तेजमान बराईलीले उक्त विमोचन गरिएको पुस्तकबारे समीक्षा गरे।


समारोहमा प्रमुख अतिथिका रुपमा साहित्य अकादमी दिल्लीका नेपाली भाषा परामर्श समितिका संयोजक डा. जीवन नामदुङ तथा अन्य अतिथिहरूमा डा. नरेश चन्द्र खाती, डा. कृष्णराज घतानी, समाजसेवी मीमलाल सापकोटा आदि उपस्थित थिए। मैतराज राणा अनि सुमित्रा “अविरल”द्वारा सञ्चालित उक्त समारोहको प्रमुख संयोजक सुकराज दियाली रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet