सिलगढी (निसं): सुश्री प्रिया छेत्रीलाई आज बाघडुग्रा विमान अड्डा परिसरमा भव्य स्वागत जनाइयो। उत्तर बङ्गालकै नाम रोशन गरेर घर फर्किँदा आज बिहान 9 बजी बागडुग्रामा केएफसी सुकना सिलगढीको तर्फबाट सम्पूर्ण टोलीका सदस्यहरूले विजेता धावक प्रिया छेत्रीलाई भब्य स्वागत जनायो । केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधानको अगुवाइमा पुगेको टोलीमा क्लबका सह सचिव बिजय लिम्बू, वरिष्ठ सदस्य एलके राई, सुरज नौबाग, टेक्निकल कमिटी मेम्बर अमर तामाङ, शिव कुमार राई, सह-प्रशिक्षक रोल्याण्ड सुब्बा, आशिष प्रधानले सयपत्री फुलको माला लगाइ दिएर स्वागत जनाए।

त्यसरी नै सुकुना ग्रामीण महिला संस्था भाग 2 का सदस्यहरू क्रमैले बिन्दिया राई, अनिता लामा र निरुता लामाले पनि सयपत्री फुलको माला लगाइ दिएर प्रिया छेत्रीलाई स्वागत जनाए अनि तिनको प्रदर्शनले आफुहरू सबै हर्षित बनेको बताए । यसको साथै आगामी दिनमा हुने अन्य म्याराथान दौड प्रतियोगिताहरूका लागि पनि अग्रिम शुभकामना साथै सुस्वास्थको कामना गरे। अर्कोतिर, प्रिया छेत्रीले पनि केएफसी टोलीका सदस्यहरूलाई पनि आभार व्यक्त गरिन्।
