प्रियजन सोशल वेलफेयर-द्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : कोरोना महामारीको समयमा विभिन्न ठाउँहरूमा रगतको सङ्कट देखापरेकोले गर्दा प्रियजन सोशल वेलफेयरको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। सिलगढीको महाकालपल्ली स्पोर्टिङ क्लबमा आज रक्तदान शिविरको आयोजना गरियो। संगठनका अरिन्दम सान्यालले बताएअनुसार तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा रगतको कमीलाई ध्यानमा राखेर आज रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा 30 युनिट रगत संग्रह गर्ने लक्ष्य रहेको छ भने संग्रहित गरेको रगत तराई लायन्स ब्लड ब्याङ्कलाई पठाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *