पुलबजार शुक्रबारे हाटमा सौदापात गर्न आउने मानिसहरूको सङ्ख्या सामान्य

बिजनबारी: कोरोनाको बढ्दो प्रकोपले गर्दा दार्जिलिङ जिल्लाको पुलबजारको शुक्रबारे हाटमा आज सौदापात गर्न आउने मानिसहरूको सङ्ख्या अन्य सप्ताहहरूको तुलनामा सामान्य देखियो। हाल देशका विभिन्न ठाउँहरूमा झैँ दार्जिलिङ पहाडमा पनि कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भएकोले गर्दा पुलबजारको शुक्रबारे हाटमा मानिसहरू मुखमा मास्क लगाएर घरेलु आवश्यक सामग्री किनिरहेको देखियो। सुदूर रङदु बस्तीबाट पैदल हाट भर्न आएका दिव्याङ सुनिल राईले कोरोनाको संक्रमणबाट बाँच्नको लागि मास्क लगाउनु पर्ने तथा सामाजिक दूरी पालन गर्नुपर्ने सुझाउ दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *