खरसाङ (निसं) : यसपालीको जीटीए चुनाउमा खरसाङको सिटोङ लाटपञ्चर समष्टिमा निक्कै प्रतिद्वान्दिता हुने देखिएको छ। यस समष्टीबाट यसपालीको चुनाउमा 4 जना प्रार्थीहरूले नामाङ्कन पत्र बुझाएका छन्। सिटोङ खरसाङको सिटोङ लाटपञ्चर समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा रमेश छेत्री र पूर्व हिल तृणमूल नेत्री शारदा सुब्बाले पनि यही समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा आफ्नो नामाङ्कन पत्र भरेका छन्। त्यसरी नै हिजो 2 जूनको दिन नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाले पनि नामाङ्कन पत्र बुझाइ सकेका छन्। आज खरसाङ महकुमा शासक कार्यालयमा पुगेर निर्दलीय प्रार्थीको रूपमा पूर्व हिल तृणमूल कङ्ग्रेस नेत्री शारदा सुब्बाले आफ्नो नामाङ्कन पत्र बुझाए।