पूर्व मन्त्री आरबी सुब्बाले दिए एसडीएफ पार्टीबाट राजीनामा

गान्तोक : सिक्किम राज्यका पूर्व मन्त्री रण बहादुर सुब्बा (आरबी सुब्बा)-ले राज्यको प्रमुख विपक्षी दल एसडीएफ पार्टीको पद अनि सदस्यताबाट आज राजीनामा दिए। पार्टीको जनवादी चरित्र आज आएर एकल व्यक्ति केन्द्रित भएकोले गर्दा नै आफूले राजीनामा दिएको कुरो तिनले पार्टी अध्यक्षलाई प्रेषित गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन्।


अब एसडीएफ पार्टीमा सिद्धान्त, लक्ष्य र उद्देश्य भन्ने चीज जलप मात्र रहेको हुनाले यो पार्टीबाट सिक्किम र सिक्किमे जनताले उचित राजनीति निकास पाउने सम्भावना नरहेको आफ्नो ठहर रहेको कुरा पनि राजीनामा पत्रमा उल्लेख गरेका छन्। एउटा व्यक्तिको नीजि कम्पनीमा परिणत भइसकेको पार्टीमा आफू रहिरहनुको औचित्य नदेखेपछि नै जनताको पक्षमा आफूले राजीनामा दिएको कुरा पनि तिनले उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *