सिलगढी: सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङलाई दिल्लीमा सम्मानित गरियो। तिनको दुरदर्शिता र तिनले पर्यावरण अनि जैविक कृषि क्षेत्रमा दिएको योगदानलाई कदर गर्दै ग्लोबल अर्ग्यानिक एक्सपो-ले दिल्लीमा आयोजित भइरहेको एउटा कार्यक्रममा पवन चामलिङलाई ‘सिकिमको जैविक राज्यको साँचो पिता’-को रूपमा सम्मान जनाइयो भने तिनलाई अर्ग्यानिक कृषिको ब्रान्ड एम्बेसडरको रूपमा पनि पहिचान गराइयो।

स्मरण रहोस्, दिल्लीमा गत 26 मईदेखि चलिरहेको ग्लोबल अर्ग्यानिक एक्सपो- कार्यक्रममा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङलाई अतिथिको रूपमा आमन्त्रित गरिएको थियो भने यस अवसरमा तिनलाई उक्त सम्मानले सम्मानित गरिएको छ।
