पूर्व सभासद महेन्द्र प्रधान पितृ शोकमा

सोनादा : सोनादा पचेङ समष्टिका पूर्व सभासद तथा गोजमुमो अनित विनय खेमा केन्द्रीय समिति सदस्य महेन्द्र प्रधान पितृ शोकमा परेका छन्। तिनका पिता टीबी प्रधानको 84 वर्षको उमेरमा आज दिउँसो निधन भएको छ। तिनले आफूपछि पत्नी चन्द्र कुमारी प्रधान, छोरा महेन्द्र प्रधान, बुहारी संगीता प्रधान, छोरी सुष्मा प्रधान, नातिनी दिव्यानी प्रधान छोड़ेर गएका छन्‌। परिवार पक्षले दिएको जानकारी अनुसार स्व. प्रधानको अन्तिम संस्कारको यात्रा आउँदो शुक्रवार सोनादास्थित डीबी रोडको निजी निवास स्थानबाट निकालिइने छ। टीबी प्रधानको निधनमा गोजमुमो केन्द्रीय समिति अध्यक्ष विनय तामाङ, महासचिव अनित थापा, सदस्य राजेश चौहान आदिले शोक प्रकट गरेका छन्‌।


Leave a Reply

Your email address will not be published. Required fields are marked *