पुटुङ चियाकमानको खोप्रेल शाखाका 12 घर परिवार हिल तृणमूलमा सामेल

मिरिक : हिल तृणमूल कांग्रेसमा सामेल हुने प्रक्रिया जारी रहेको छ। यसै क्रममा आज पुटुङ चियाकमानको खोप्रेल शाखा वार्ड नम्बर 17-को 12 घर परिवार हिल तृणमूलमा सामेल भएको छ। ती सामेलकारीहरूलाई पार्टी अध्यक्ष एलबी राई लगायत पार्टीका मिरिक महकुमा समिति अध्यक्ष अनिल छेत्री, सुके खण्ड समितिका अध्यक्ष एसके राई आदिको बाहुलीबाट दलीय झण्डा प्रदान गरेर  आफ्नो पार्टीमा स्वागत जनायो। खोप्रेल शाखा अध्यक्ष अशोक भुजेल, उपाध्यक्ष राजकुमार प्रधान अनि सचिव दिपेन तामाङको नेतृत्वमा 12 परिवार हिल तृणमूल कांग्रेसमा सामेल भएको बताउँदै सामेल हुने सक्रिय युवा रिवास तामाङले गाउँको बुनियादी समस्याहरूको समाधानको लागि तृणमूल सरकारले पहल गरिरहेको साथै हिल टीएमसी अध्यक्ष एलबी राईको इमन्दारितालाई मन पराएर नै आफूहरू पार्टीमा सामेल भएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *