क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य विभागका अधिकारीहरू नआएकोमा असन्तुष्टि

सुकेपोखरी : प्लुङदुङ बस्ती गैरी गाउँ अन्तर्गत स्थानीय नव युवा संघद्वारा बनाइएको क्वारेन्टाइन सेन्टरमा एकजना शिशुलगायत मोठ 8 जना मानिसहरू क्वारेन्टाइनमा बसेका छन्। भारतको विभिन्न प्रान्त तथा नेपालबाट घर फर्किआएका मानिसहरूलाई स्वास्थ्य केन्द्रबाट सुझाउ अनि परामर्श लिएर उक्त क्वारेन्टाइन सेन्टरमा राखिइएको बताइएको छ। यीमध्ये केही मानिसहरू क्वारेन्टाइनमा बसेको दस दिन बितिसक्दा पनि स्वास्थ्य विभागबाट निरीक्षणको लागि नआएको गुनासो रहेको छ। आफूहरूको स्वास्थ्यबारे जानकारी लिनको लागि स्वास्थ्य विभागको प्रतिनिधि स्वरुप क्षेत्रीय आशा कर्मी एवम् आगनबाडी सहायिका बाहेक अन्य कोही नआएको क्वारेन्टाइनमा बसेकाहरूको पक्षबाट विद्या प्रसाद खतिवड़ाले बताए।


उक्त क्षेत्रको नव युवा संघले क्षेत्र र देशको सुरक्षालाई ध्यानमा राखेर क्वारेन्टाइन सेन्टर बनाएर बाहिरबाट आउने मानिसहरूलाई राखे तापनि स्वास्थ्य विभागको गैर जिम्मेवारीपूर्ण कार्यले क्वारेन्टाइनमा बस्नेहरूमा निराशा छाएको छ। क्वारेन्टाइन सेन्टरमा बसेका मानिसहरू कुनै जाँच र निरीक्षण बिनै बाहिरिएको खण्डमा यदि आफूहरू कोरोना संक्रमित रहेको छ भने यसले गाउँ-घरमा पनि संक्रमण फैलिएर जान सक्ने तिनले बताएका छन्। यसैले क्वारेन्टाइनमा बसेका मानिसहरूले स्वास्थ्य विभागको ध्यानाकर्षण गराउँदै यथाशीघ्र आफूहरूको स्वास्थ्य जाँच प्रक्रिया शुरू गरिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş