कोरोन्टाइनको अवधि समाप्त भएपछि साधनालाई प्रमाण पत्र हस्तान्तरण

सुकेपोखरी : सुकेपोखरी खण्ड पोख्रेबोङ ग्राम पञ्चायत तीन अन्तर्गत मगरजोङ चियाबारी बहादुर गाउँ निवासी साधना राई दिल्लीबाट आफ्नो गाउँ फर्किए पछि 21 दिनको होम कोरोन्टाइनको अवधि समाप्त भएको छ । यस अवसरमा गाउँ समाजका प्रतिनिधि,गोजमुमो नागरी धजे समष्टि उपाध्यक्ष अमीर गुरूङ, आईसीडीएस कर्मी शर्मिला प्रधान आदिको उपस्थितिमा तिनलाई स्वागत जनाउँदै स्वास्थ्य विभागले उपलब्ध गराएको प्रमाण पत्र हस्तान्तरण गरियो । स्मरण रहोस, रोजगारको सिलसिलामा विभिन्न ठाउँहरूमा गएका मानिसहरू आफ्नो घर फर्कने क्रम जारी छ। यसैक्रममा ती घर फर्की आउनेहरूलाई कोभिड-19 को महामारीलाई ध्यानमा राखेर आफ्नो तथा परिवार एवं समाजको सुरक्षाको निम्ति 14 दिनको कोरोन्टाइन बस्नुपर्ने निर्देश जारी गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş