राहुल गाँधीको सांसद पद खारेज गरेको प्रतिवादमा नक्सलबारी ब्लक कङ्ग्रेस कमिटीद्वारा धरना

नक्सलबारी : कङ्ग्रेस नेता राहुल गाँधीको सांसद पद खारेज गरेको प्रतिवादमा नक्सलबारी ब्लक कङ्ग्रेस कमिटीले धरना प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले आज नक्सलबारी दलीय कार्यालय अघि विक्षोभ प्रदर्शन गरे। यस अवसरमा कङ्ग्रेसका पर्यवेक्षक भीपी सिंह, जिल्ला अध्यक्ष तथा पूर्व विधायक शङ्कर मालाकार, सुबीन भौमिक, जीवन मजुमदार लगायत अन्य उपस्थित थिए। शङ्कर मालाकारले भने, वर्तमान सरकारले देशमा हिटलर शासन स्थापित गरेको छ। तर देशका जनताले बुझिसकेकोले गर्दा आगामी दिनमा सबै विपक्षी दलहरू मोदी सरकारविरुद्ध एकजुट भएर भाजपालाई सत्ताबाट हटाउनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *