रेलवेको जमिन दखल गरेर घर बनाएको आरोप, आरपीएफ-ले भत्काइदियो घर

सिलगढी : रेलवेको जमिन दखल गरेर घर बनाएको आरोप रहेको छ। आरपीएफ-ले सिलगढीमा टाउन स्टेसन नजिकको घर भत्काएर रेलवेको जमिन दखलमुक्त गरेको छ। सिलगढीको 18 नम्बर वार्डको टाउन स्टेसन नजिक राणा बस्तीमा रेलवेको जमिन दखल गरेर घर बनाएको अभियोग पाएपछि आरपीएफ-को तर्फबाट आज उक्त घर भत्काइदिएको छ। तथापि आरपीएफ-ले चलाएको अभियान अवधि रेलवेको जमिन दखल गर्ने मानिस त्यहाँ थिएन। यसभन्दा अघि पनि रेलवेको जमिन दखल गरेको अभियोग उठेको थियो। स्थानीय मानिसहरूले बताएअनुसार समय-समयमा रेलवेको जमिनमा केही भूमाफियाले अन्य मानिसहरूलाई ल्याएर बसोबास गराउने गर्दछ। यसबारे आरपीएफलाई जानकारी गराइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO