रेलवेको नयाँ पेन्शन नीति बन्द गर्ने मागमा बाइक र्‍यालीको आयोजना

सिलगढी : रेलवेको नयाँ पेन्शन नीति बन्द गरेर पुरानै पेन्शन नीति फेरि लागू गरिनुपर्ने मागमा एनएफ रेलवे इम्प्लोइज युनियनको एनजेपी शाखाको तर्फबाट आज एउटा बाइक र्‍याली निकालिइयो। आज 200 भन्दा अधिक बाइकमा लगभग 600 रेल कर्मचारीहरू सवार भएर बाइक र्‍याली निकाले। उक्त बाइक र्‍याली एनजेपी रेलवे इन्स्टिट्युट मैदानबाट शुरू गरेर विभिन्न इलाकाको परिक्रमा गरेपछि पुनः एनजेपी स्टेशनमा पुगेर समापन गरियो। बाइक र्‍याली निकाल्न अघि एनजेपी रेलवे इन्स्टिट्युट मैदानमा एउटा सभाको आयोजना गरियो। उक्त बाइक र्‍यालीको माध्यमद्वारा संगठनका सदस्यहरूले रेलवेको नयाँ पेन्शन नीति बन्द गर्ने माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO