सिलगढी, 22 नोभेम्बर: दादागिरी ट्याक्सको लागि राजाहोलीमा एकजना व्यक्तिलाई कुटेर हत्या गरेको घटनामा हालसम्म निखोज आरोपीहरूलाई पक्रिनु पर्ने माग गर्दै मृतकको परिवार अनि स्थानीय वासिन्दाहरूले एनजेपी पुलिस थानामा प्रदर्शन गरे।
जानकारी अनुसार, गत 1 नोभेम्बरमा गुण्डाट्याक्स नदिएर उल्टै मोहम्मद जुहुरी नामक व्यक्तिलाई कुटेर हत्या गरेको केही व्यक्तिहरूमाथि आरोप रहेको छ। उक्त घटनापछि इलाकामा निक्कै तनाउको माहौल देखा परेको थियो। मृतक मोहम्मद जुहुरीको परिवारले उक्त घटनामा 10 जनाको नाममा एनजेपी पुलिस थानामा अभियोग दर्ता गरेको छ। उक्त अभियोगको आधारमा जाँच गर्दै पुलिसले सुरुमा एक जना अनि पछि दुई जनालाई पक्राउ गरेको थियो।
तर उक्त घटनामा संलग्न अन्य धेरैजना व्यक्तिहरू अझसम्म पनि भागेको आरोप रहेको छ। ती आरोपीहरूलाई पुलिसले पक्राउ नगरेको मृतकको परिवार अनि स्थानीय वासिन्दाहरूको आरोप रहेको छ। शुक्रबार एनजेपी थाना अघि प्रदर्शन गर्नको साथै तिनीहरूले थाना अधिकारीलाई भेटेर एउटा ज्ञापन पत्र पनि सुम्पिएको छ।
North Bengal, Siliguri, Uncategorized
राजाहोली हत्याकाण्ड: भागेका आरोपीहरूलाई पक्राउ गरिनु पर्ने माग गर्दै थानामा प्रदर्शन
22
Nov
Nov