राजा पुनियानीको कविता सङ्ग्रह तङसिङ-को 28 मार्चमा विमोचन हुने

खरसाङ: कवि राजा पुनियानीको दोस्रो कविता संग्रह ‘तङसिङ’ को लोकार्पण आगामी 28 मार्च 2022 सोमबारको दिन हुने भएको छ। कवि राजाको उक्त कविता कृतिको लोकार्पण सुकना हाई स्कूलको खेल मैदानमा हुने भएको छ भने उक्त लोकार्पण कार्यक्रममा प्रमुख अतिथिका रुपमा ख्यातिप्राप्त गायक उदय सोताङ उपस्थित हुने भएका छन्। कविता संग्रह तङसिङमाथि समीक्षात्मक टिप्पणी डा. देवचन्द्र सुब्बाले राख्नेछ भनी यस कविता कृतिको प्रकाशक सुरज रोसुरीले बताएका छन्। तिनले तङसिङ लोकार्पण समारोहमा साहित्य र संगीतको समागम रहने बताउँदै यस पुस्तकले पाठकहरूको माया पाउनेछन् भनी आशा राखेका छन्। अर्कोतिर, कवि राजाले आगामी 28 मार्चदेखि शुरू हुने पाँच दिवसीय दार्जिलिङ जिल्ला पुस्तक मेलाको पहिलो दिन तङसिङको लोकार्पण हुने बताउँदै आफुलाई यो पुस्तक हात परेपछि आमाले नानी जन्माएपछि पाउने खुशी जस्तै खुशी लागेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *