त्रिपुरा: राज्यका शिक्षा मन्त्री ब्रात्य बसु र राज्य टीएमवाईसी महासचिव जेपी कनोडिया लगायत अन्य प्रतिनिधिसित सिलगढीका तृणमूल नेता राजेन सुन्दास पनि आज त्रिपुरा पुगेका छन्। त्रिपुरामा कानून व्यवस्थाको गलत उपयोग भइरहेको आरोप लगाउँदै यसमाथि तत्काल ध्यान दिनु आवश्यक रहेको तृणमूल नेताहरूले बताएका छन्। पुलिस प्रशासनले सतारूढ पार्टीलाई समर्थन गर्नको साथै विपक्षी पार्टीका समर्थकहरूलाई अत्याचार गरेको आरोप लगाउँदै यसको विरूद्ध उठाइरहेको आवाज विरुद्ध थप सहयोग पुऱ्याउने उद्देश्यले बङ्गालको तृणमूल काङ्ग्रेसको एउटा टोली आज त्रिपुरा पुगेको छ। स्मरण रहोस, त्रिपुराको अगरतलामा हिजो टीएमसी युवा कङ्ग्रेस प्रमुख सयोनी घोषले एउटा सार्वजनिक सभामा भाजपा कार्यकर्ताहरूलाई कुट्ने प्रयास गरेको आरोप लगाएर अगरतला पुलिसले तिनलाई पक्राउ गरेको थियो।
