सिलगढी : मैनागढी ट्रेन दुर्घटनामा घाइते भएका मानिसहरूसित भेट गर्न आज राजस्थानका आपदा प्रबन्धन मन्त्री गोविन्द राम मेघवाल र राजस्थानका राज्य मन्त्री भनवरसिंह भाटी उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा आइपुगे।

त्यहाँ तिनीहरूले ट्रेन दुर्घटनामा घाइते भएका मानिसहरूसित तिनीहरूको स्वास्थ्यबारे जानकारी लिए। यसको साथै उत्तरबंग मेडिकल कलेजका चिकित्सकहरूसित ती घाइते भएका मानिसहरूको स्वास्थ्य सम्बन्धी विस्तृत रूपमा जानकारी लिनको साथै घाइतेहरूलाई उचित उपचार गर्ने निर्देश पनि दिए।
